धरानमा एसी फ्रिज जुनियर मेकानिक तालिम सुरु

Newslaya Home

धरानमा एसी फ्रिज जुनियर मेकानिक तालिम सुरु

मङ्गलबार ३१, चैत २०७७

इटहरी । सुनसरीस्थित धरान वडा नं. ११ मा एसी फ्रिज मेकानिक तालिम सुरु भएको छ । जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा.लिको आयोजनामा धरानमा आज (सोमबार)बाट एसी फ्रिज जुनियर मेकानिक तालिम सुरु भएको हो ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण (समृद्धि) आयोजनाको आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा जयन टेक्निकल कलेजले सञ्चालन गरेको तालीममा २० जना युवा युवतीहरुले भाग लिएका छन् ।

आजको युग प्रबिधिमुलक शिक्षाको युग भएकोले आम समुदाय सबैले प्रबिधिमुलक शिक्षामा जोड दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथि धरान वडा नं.११ का अध्यक्ष बाबुलाल लामाले बताए । बेरोजगार युवायुवतीहरुलाई रोजगार बनाउन विभिन्न क्षेत्रमा उनीहरुको आवश्यकता र पहिचानका आधारमा तालिमहरु प्रदान गर्न उनले सुझाव दिए ।

तालिमको मुख्य प्रशिक्षकमा पिन्टु शाह र सहायक प्रशिक्षकमा निरमला राई रहेका छन् । तालिम ६५ दिनको हुने प्रशिक्षक शाहले बताए ।

कार्यक्रमका सभापति जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रालि वुटवलका कार्यक्रम संयोजक शैलेश बानियाँले तालिमले आफ्नै देशमा रोजगार गर्न चाहने बेरोजगार जनशक्तिलाई सीप र क्षमता अनुसारको रोजगारमा दक्ष बनाई स्वदेशमै रोजगार दिने लक्ष्य राखेको बताए । बानियाँले तालिममा सहभागी सबैलाई सिटिईभिटीको सीप परिक्षण गराई प्रमाण पत्र प्रदान गरिने बताए ।