भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमण, एकैदिन ८८० जनाको मृत्यु

Newslaya Home

भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमण, एकैदिन ८८० जनाको मृत्यु

मङ्गलबार ३१, चैत २०७७

काठमाडौं । भारतमा एकै दिन एक लाख ६० हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ६० हजार ६९४ जना नयाँ संक्रमित थपिएका हुन्।

त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख ८६ हजार ७३ पुगेको छ।

कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा रहेको छ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड १९ लाख ८३ हजार ७० संक्रमित रहेका छन्। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३५ लाख २१ हजार ४०९ संक्रमित रहेका छन्।

उक्त अवधिमा ८८० जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७१ हजार ८९ पुगेको छ।

भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ। जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ।

संक्रमितमध्ये एक करोड २२ लाख ५० हजार ४४० जना निको भइसकेका छन् भने १२ लाख ६४ हजार ५४४ सक्रिय संक्रमित रहेका छन्।