नक्कली सुनको ढिक्का देखाई सक्कली सुन लुट्ने दुई जना पक्राउ

Newslaya Home

नक्कली सुनको ढिक्का देखाई सक्कली सुन लुट्ने दुई जना पक्राउ

सोमबार ३०, चैत २०७७

काठमाडौं । नक्कली सुनको ढिक्का देखाई सक्कली सुन लुट्ने कार्यमा संलग्न दुई जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो व्यास नगरपालिका वडा नम्बर ३ ट्राफिक चोकमा म्याग्दे गाउँपालिका १ धरादी बस्ने सेतीमाया राना मगरलाई नक्कली सुनको ढिक्का देखाएर सक्कली सुन लुटपाट भएको थियो ।

जिल्ला धादिङको गंगा जमुना गाउँपालिका वडा ४ घर भई हाल पोखरामा बस्ने शम्शेर सुनार र धादिङकै सेर्तुङ घर भइ पोखरामा बस्ने प्रेम तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

रानालाई एकान्त स्थानमा लगी उनले कानमा लगाएको डेढ तोलाको बेरुवा रिङ १ जोर, घाटीमा लगाएको ७ लालको सुनको तिलहरी र साथमा रहेको नगद सहित एक लाख अन्ठाउन्न हजार एक सय पचास रुपैयाँ बराबरको ठगी तथा लुटपाट गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धानको लागी तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई ठगी सम्बन्धी कसुर मुद्दा शिर्षकमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।