उर्लाबारीका मेयर फागोमाथित सेवाग्राही कुटपिटको आरोप

Newslaya Home

उर्लाबारीका मेयर फागोमाथित सेवाग्राही कुटपिटको आरोप

सोमबार ३०, चैत २०७७

उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आफूमाथि कुटपिट गरेको सेवाग्राहीहरुले आरोप लगाएका छन् ।

नगरपालिका पुगेका उर्लाबारी—५ का बिष्णुप्रसाद भण्डारीलाई सोमबार मेयर फागो, उनका भतिज दुर्गा फागो, स्थानीय ड्राइभर भनिने दीपेन्द्र धिमाल लगायतको समुहले कुटपिट गरेको बताइएको छ । टहरा निर्माण कार्य नगरपालिकाले रोकेको विषयमा जानकारी लिन जाँदा भण्डारीसँगै उनको साथमा गएका उर्लाबारी—८ का नारायण बस्नेतलाई पनि कुटपिट गरेको बताइएको छ ।

गत माघ ४ गतेदेखि बिनाकारण आफ्नो पक्की टहरो निर्माणको काममा अवरोध गरेको भन्दै भण्डारी त्यसको माग गर्न नगरपालिका पुगेका थिए।

निरन्तर कुटपिट भइरहँदा नगर प्रहरी र अन्य कर्मचारीहरू मुकदर्शक बनेका थिए । केही बेरपछि सेवाग्राही भण्डारी र बस्नेतलाई उल्टै इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

गत पुस ४ गते उर्लाबारी—५ का प्रवीण बास्तोलाको रहस्यमय मृत्यु प्रकरणलाई साथ दिएको भन्दै मेयर फागोले आफूहरुलाई टार्गेट गरेको भण्डारी र बस्नेतले बताए ।

फागोले भने अभद्र व्यवहार गरेपछि प्रहरीले नियन्त्रणमा लिएर लगेको बताए ।