मोरङमा बलेरो दुर्घटनामा एक गम्भीर, छ जना घाइते

Newslaya Home

मोरङमा बलेरो दुर्घटनामा एक गम्भीर, छ जना घाइते

सोमबार ३०, चैत २०७७

विराटनगर । मोरङको लेटाङ –७ स्थित भुवाखोलामा भएको बलेरो पिकअप गाडी दुर्घटनामा छ जना घाइते भएका छन् । आइतबार साँझ भएको दुर्घटनामा घाइतेमध्ये एक जना वृद्धा महिलाको अवस्था गम्भीर छ ।

लेटाङबाट वाराङ्गीतर्फ जाँदै गरेको प्र.१–०२–००२ च ४१७३ नम्बरको बलेरो पिकअप साँझ दुर्घटना परेको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार उकालो कच्ची सडकका कारण दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाईतेहुनेहरुमा लेटाङ –७ की ६३ वर्षीया बुद्धमाया राई, ५३ वर्षीय कुसुमलाल राई, ५२ वर्षीय इन्द्रबहादुर राई, ४१ वर्षीय मानवीर लिम्बू, ४८ वर्षीय रत्नप्रसाद लिम्बू र १७ वर्षीया सरु लिम्बू रहेका छन् । घाइतेमध्ये बुद्धमायाको अवस्था चिन्ताजनक र अन्य घाइतेहरुको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको जानकारी डिएसपी राईले दिए ।

लेटाङ –७ का २८ वर्षीय बलेरो चालक सपन लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भईरहेको छ ।