भारतमा कोरोनाबाट एकै दिन नौ सय बढीको मृत्यु, थपिए एकैदिन पौने दुई लाख संक्रमित

Newslaya Home

भारतमा कोरोनाबाट एकै दिन नौ सय बढीको मृत्यु, थपिए एकैदिन पौने दुई लाख संक्रमित

सोमबार ३०, चैत २०७७

ऐजेन्सी । भारतमा एकैदिनमा कोरोनाबाट नौ सय बढीको मृत्यु भएको छ । एकै दिन पौने दुई लाख संक्रमित थपिएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार भारतमा १ लाख ६९ हजार ८ सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो।

आइतबार थपिएकामध्ये सबैभन्दा धेरै महराष्ट्र राज्यमा ६३ हजार २ सय ९४ जना छन् भने नेपालको सीमा जोडिएको उत्तर प्रदेशमा १५ हजार २ सय ७६ जनामा संक्रमण देखिएको छ।

अहिलेसम्म भारतमा एक करोड ३५ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ७० हजार संक्रमितको ज्यान गएको छ।

भारतमा कोरोना फैलिएपछि विभिन्न राज्यहरूले प्रतिबन्धका कडा मापदण्ड लागु गरेका छन्।