नेपालले नामिवियासँग एकदिवसीय सिरिज खेल्ने

Newslaya Home

नेपालले नामिवियासँग एकदिवसीय सिरिज खेल्ने

आइतबार २९, चैत २०७७

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिवियासँग एकदिवसीय क्रिकेट खेल्ने भएको छ । आइतबार बसेको क्यानको कार्यसमिति बैठकले नामिवियासँग एकदिवसीय सिरिज खेल्ने निर्णय गरेको छ ।

क्यानले त्यसका लागि तयारी गरिरहेको बताएको छ । क्यानले मे दोस्रो साताबाट नामिवियासँग सिरिज खेल्ने निर्णाय गरेको हो ।

त्यस्तै क्यानले अप्रिल दोस्रो साता देखि नेपाली महिला टोलीलाई उत्तराखण्डको टोलीसँग टी–ट्वान्टी र एकदिवसीय मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको छ ।

क्यानले महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिएको छ । नेपाली १८–१८ जना खेलाडीहरुलाई सेन्टर कन्ट्याक्टमा ल्याउने भएको छ ।

क्यानले संघमा भएको बेरुजु फर्स्योटको लागि ३५ दिने सूचना निकाल्ने कार्ययोजना बनाएको छ ।