इटहरीमा पाँच दिने उद्यमशीलता तालिम सुरु

Newslaya Home

इटहरीमा पाँच दिने उद्यमशीलता तालिम सुरु

शनिबार २८, चैत २०७७

इटहरी । प्रविधिक प्रशिक्षण प्रतिष्ठान सानोठिमी भक्तपुरको आयोजनामा आज (शनिबार)बाट इटहरीमा पाँच दिने उद्यमशीलता तालिम सुरु भएको छ । इटहरीको ओसीयन पार्कमा संचालित तालिमको उद्घाटन प्रतिष्ठानका प्रशिक्षक शालिग्राम डाँगीले एक कार्यक्रमका विच गरेका थिए ।

सिटिभिटी प्रदेश कार्यलय प्रदेश नं. १ इटहरीको समयोजनमा प्रदेश १ का सोलु, भोजपुर, खादबारी, तेह्रथुम, इलाम, मोरङ्ग र सुनसरीका ९ जना महिला सहित ५ जना पुरुषको सहभागीता रहेको थियो ।
‘प्रविधिक तालिमहरु सिकेर बसेका युवाहरुलाई स्वरोजगार हुन उद्यमशीलता तालिमले सहयोग पुराउने छ । सिटिभिटी प्रदेश कार्यालय प्रदेश नं. १ का उपनिर्देशक पर्शुराम राईले वताए । उनले भने व्यवसाय भनेको के हो ? व्यवसायिक योजना कसरी बनाउने भन्ने बारे तालिम सिक्ने छन् ।

तालिममा सिभिल इन्जीनीयर, कृषि प्रविधिक, व्यूटीसीयन, कम्पूयुटर, इलेक्टीसियन, कुकहरुको सहभागीता रहेको छ ।

तलिमको सहजीकरण प्रविधिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक शालिग्राम डागी र उद्यमविकाश प्रशिक्षक जिरा राईले सहजीकरण गरेका छन् ।