६ वर्षपछि देशभरका निकुञ्जमा १ सय ७ गैँडा थपिए

Newslaya Home

६ वर्षपछि देशभरका निकुञ्जमा १ सय ७ गैँडा थपिए

शनिबार २८, चैत २०७७

चितवन । देशभरको विभिन्न राष्ट्रिय निकुञ्ज तथा आसपासका वनमा ६ वर्षपछि गैँडाको संख्या बढेको छ।

१ सय ७ सहित र १६.६ प्रतिशतले गैँडा बढेको हो। देशभरको वनमा अब कुल गैँडाको संख्या ७ सय ५२ वटा पुगेको छ। गत वर्ष कोभिड महामारी सुरु भएपछि गणना रोकिएको थियो। हरेक पाँच-पाँच वर्षमा गणना हुने गरेको छ। २०१५ मा गरिएको गणना अनुसार निकुञ्जमा ६ सय ४५ वटा गैँडा थिए।

भाले १४६ र पोथी १९८ लिंग नखुलेको ४०८ वटा गैँडा फेला परेको निकुञ्जले शनिबार पत्रकार सम्मेलन गरी वन तथा वातावरण मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीले जानकारी दिएका छन्। उनका अनुसार वयस्क ५ सय २०, अर्ध वयस्क ९६ र बच्चा १ सय ३६ वटा छन्।