इन्डोनेसियामा शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु

Newslaya Home

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु

शनिबार २८, चैत २०७७

जकार्ता । इन्डोनेसियाको जाभा टापुको तटीय क्षेत्रमा शनिबार ६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

यस्तै अन्य कैयौँ घाइते भएको त्यहाँको विपद् व्यवस्थापन निकायले तत्काल जानकारी गराएको छ भने भूकम्पको क्षतिबारे थप विवरणहरू संकलन भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

भूकम्पका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्ति गम्भीर घाइते भएको विवरणहरू प्राप्त भएका छन् ।