विराटनगरमा लागूऔषधसहित एक युवक पक्राउ

Newslaya Home

विराटनगरमा लागूऔषधसहित एक युवक पक्राउ

शनिबार २८, चैत २०७७

विराटनगर । प्रहरीले विराटनगर महानगरपालिका १५ हुलास चौकबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

शनिबार बेलुका ५ बजे पथरी शनिश्चरे ९ का २२ वर्षीय कुसुवार माझीलाई लागूऔषध नाईट्राभेटसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटगनरले जनाएको छ ।

उनलाई लागूऔषध नाईट्राभेट १२१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।