झापामा डोजर लगाएर घर टहरा भत्काईयो

Newslaya Home

झापामा डोजर लगाएर घर टहरा भत्काईयो

शनिबार २८, चैत २०७७

झापा । दमक–७ मा रहेका घर टहरा नगरपालिकाले हटाएको छ ।

नगरपालिकाको स्वामित्वमा रहेको जमिनमा रहेका घर टहरा हटाउन पटक पटक आग्रह गरिएको तथा नहटाए पछि सुरक्षाकर्मीको सहयोग लिएर हटाउनु परेको नगरपालिकाले जनाएको छ ।

सो स्थानमा रहेका भूमिहीनलाई एकीकृत नमूना बस्तिमा बनाईएका घर प्रदान गरिएको र अन्यत्र घर जग्गा हुनेलाई समान सार्न नगरपालिकाले सहयोग गरेको बताएको छ ।

सो स्थान खाली गराउन नगरपालिकाले जारी गरेको सुचना अटेर गरेको भन्दै सुरक्षाकर्मी समेत परिचिालन गरी जमिन खाली गराईएको हो । घर टहरा हटाउन नगरपालिकाले नगरप्रहरी तथा डोजर समेत परिचालन गरेको थियो ।

नगरपालिकाले सो स्थानमा सपिङ् कम्प्लेक्स बनाउने जनाएको छ । नगरप्रमुख रोमनाथ ओलीका अनुसार त्यसको डीपीआर समेत पूरा भई सकेको छ । सो जग्गा स्थानीय पदमबहादुर माझीले आफ्नो भएको दावी समेत गर्दै आएका छन् ।

जग्गाको स्वामित्व रहेको कागजात आफुसँग रहेको उनको दावी छ । तर नगरपालिकाले भने २०३२ सालयता सो जग्गा नगरपालिकाको स्वामित्व रहेको जनाएको छ ।