समरमाथा आरोहणका लागि २ सय ४४ जनाले पाए अनुमति

Newslaya Home

समरमाथा आरोहणका लागि २ सय ४४ जनाले पाए अनुमति

शनिबार २८, चैत २०७७

काठमाडौं । १० हिमाल आरोहण गर्न शुक्रबार एकै दिन ३० जनाले अनुमति लिएका छन्। कुल ४ सय १९ जनाले अनुमति लिइसकेका छन्। त्यसमा पुरुष ३ सय २९ जना पुरुष र ९० महिला छन्। सन २०२१ का लागि लिइएको अनुमति हो।

पर्यटन विभागका अनुसार ३० जना आरोहीबाट २ करोड ६५ लाख ३७ हजार १ सय ३७ रोयल्टी संकलन भएको छ। कुल ३३ करोड ९९ लाख ५० हजार ४ सय ९६ रोयल्टी संकलन भइसकेको छ।

सगरमाथा, मनास्लु, अन्नपुर्ण, धौलागिरी, ल्होत्से, मकालु, नुप्त्से, पुमोरी, तिलिचो र टुकुचे हिमाल चढ्न अनुमति लिएका छन्।

सगरमाथा आरोहण गर्न सबैभन्दा बढी २ सय ४४ जनाले अनुमति लिएका छन्। ल्होत्से ५५, अन्नपुर्ण ४४, धौलागिरि ३०, नुप्त्से २३, तिलिचो ८,मनास्लु १,पुमोरी २, मकालु ८ र टुकुचे १ जनाले आरोहीको लागि अनुमति लिइसकेका छन्।

विभागका अनुसार यस वर्ष आरोहीले पहिलो नुप्त्से हिमालबाट आरोहणको फागुन ९ मा (मार्च ९) अनुमति पाएका थिए। सगरमाथाको लागि चैत १३ गतेबाट अनुमति दिएको हो।

मुलुकभर सरकारले आरोहीका लागि ४ सय १४ वटा हिमाल खुला गरेको छ।