भारतमा कोरोना संक्रमण बढ्दै, २४ घन्टामै १ लाख २६ हजार संक्रमित

Newslaya Home

भारतमा कोरोना संक्रमण बढ्दै, २४ घन्टामै १ लाख २६ हजार संक्रमित

बिहीबार २६, चैत २०७७

काठमाडौं । भारतमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । त्यहाँ संक्रमितको संख्यामा हरेक दिन नयाँ नयां रेकर्ड बनिरहेको छ।

बुधबारमात्रै भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। गत वर्ष कोरोनाभाइरसको पहिलो लहर चल्दा पनि भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएका थिएनन्।

गत मार्च ७ मा भारतभरि जम्मा १८ हजार ५ सय जनामा संक्रमण देखिएको भारतीय समाचार संसथाहरुले जनाएका छन् ।

संक्रमण तीव्र भएसँगै भारतमा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। बुधबारमात्रै त्यहाँ ६ सय ८५ जना संक्रमितको मृत्यु भएको छ। यो गत नोभेम्बर ४ यताकै सबैभन्दा धेरै हो।

भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ।
कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ।