भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Newslaya Home

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बिहीबार २६, चैत २०७७

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका २ मा बुधबार बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बिहान ७ बजेको समयमा घोडेटारबाट भोजपुरतर्फ जाँदै गरेको को २ त ९४७९ नम्बरको ट्याक्टर अचानक आफैँ अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

ट्याक्टरमा सवार रहेका रामप्रसादराई गाउँपालिका ७ का २० वर्षीय नवीन राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।