सप्तकोशी नदीमा हामफालेका बृद्धको उद्वार

Newslaya Home

सप्तकोशी नदीमा हामफालेका बृद्धको उद्वार

बिहीबार २६, चैत २०७७

सुनसरी । सप्तकोशी नदीमा हामफालेका एक बृद्धको सकुशल उद्वार गरिएको छ ।

झापा बिर्तामोड नगरपालिका ३ का ८४ वर्षीय जोगिन राजवंशीको सकुशल उद्धार गरिएको छ ।

बुधबार अपरान्ह सवा ४ बजेको समयमा सप्तकोशी नदीमा एक व्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भएसंगै कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले उनको उद्वार गरेको हो ।

स्थानीय माझीहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा उद्वार गरिको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।