इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

Newslaya Home

इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

बिहीबार २६, चैत २०७७

इटहरी । इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान ललितपुर महाकाल गाउँपालिका ४ घर भइ इटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ वर्षीय जीतेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो ।

डिसहोमको फाइबर तार टाङ्ने क्रममा बिद्युतको तारमा छुन गई करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका उनको विराटनगरको नर्सिंहहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।