२०७७ चैत्र २६ गते बिहिबारको राशिफल

मेष । आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहनेछ ।
वृष । विद्या र बुद्धिको विकास हुनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
मिथुन । दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्नेछ ।
कर्कट । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।
सिंह । आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । दूरदराजको यात्रा लाभदायक हुनेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ ।
कन्या । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आकस्मिक धनलाभ होला । क्षेत्रमा सफलता मिल्नेछ ।
तुला । आज धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
वृश्चिक । आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुनेछ ।
धनु । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मकर । आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।
कुम्भ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
मीन । आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।