नेपालमा बढ्दै कोरोना संक्रमित, २४ घण्टामा ३ सय ३९ जना थपिए

काठमाण्डौ । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।
२४ घण्टामा ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय पीसीआर भएको छ । जसमा २ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर २ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन् ।