भारतमा २४ घण्टामा सवा लाख संक्रमित थपिए

Newslaya Home

भारतमा २४ घण्टामा सवा लाख संक्रमित थपिए

बुधबार २५, चैत २०७७

काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख १५ हजार ७ सय जना नयाँ संक्रमित थपिएका छन्।

यो सहित भारतमा ८ लाख ४३ हजार ४ सय ७३ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टाभित्र ६३० जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ १ लाख ६६ हजार १७७ जना संक्रमित मृत्यु भइसकेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड २८ लाखभन्दा धेरै कोरोना संक्रमण भएको छ ।