देशैभर फैलियो तुवाँलो, सतर्कता अपनाउन आग्रह

Newslaya Home

देशैभर फैलियो तुवाँलो, सतर्कता अपनाउन आग्रह

बुधबार २५, चैत २०७७

काठमाडौँ । मुलुकको धेरै भू–भागमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य केही पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदलीसमेत रहेको महाशाखाले जानकारी दिएको हो ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श सार्वजनिक गर्दै महाशाखाले भनेको छ, ‘देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडि भु–भागका अधिकांश स्थानमा तुवाँलो लागेकोले सो वाटसमेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’