सरकारले डढेलो निभाउन सक्ने जहाज र हेलिकोप्टर किन्‍ने

Newslaya Home

सरकारले डढेलो निभाउन सक्ने जहाज र हेलिकोप्टर किन्‍ने

बुधबार २५, चैत २०७७

काठमाडौं । सरकारले डढेलो नियन्त्रणमा प्रभावकारी मानिने हेलिकोप्टर र जहाज खरिद प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बढ्दो डढेलो नियन्त्रणमा प्रयोग हुने हवाईजहाज र हेलिकोप्टर खरिद प्रक्रिया थाल्न मंगलबार निर्देशन दिएका छन् ।

मंगलबार बसेको रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगलागी नियन्त्रणमा प्रयोग हुने हवाईजहाज र हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले व्यापक मात्रामा डढेलो लागेका ठाउँमा बहुउपयोगी उपकरण चाहिने बताए।

उनले अहिलेकै हवाईजहाज र हेलिकोप्टरमा अग्नि नियन्त्रक यन्त्र जडान गरेर तत्काल समस्या समाधान गर्न सकिने भए त्यसको गृहकार्य थाल्न पनि नेपाली सेनालाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले आगलागीबाट बढेको वायु प्रदूषणले स्वास्थ्य समस्या देखिन थालेको बताए।

अहिले लागेको डढेलोलाई गम्भीरतापूर्वक लिँदै आगामी वर्षका लागि समेत तयारी गरिनुपर्ने उनले बताए। अहिले देशभित्र ७ सय ठाउँमा आगलागी भइरहेको उनले बताए।