कुखुराको मासुको मुल्य बढ्यो

Newslaya Home

कुखुराको मासुको मुल्य बढ्यो

मङ्गलबार २४, चैत २०७७

काठमाडौँ । कुखुराको मुल्य दश रुपैँयाले वृद्धि भएको छ । काठमाडौँमा कुखुराको मासु दुई सय ८० बाट दुई सय ९० पुगेको छ भने, जिउँदो कुखुरा, एक सयबाट एकसय दश प्रति केजी पुगेको छ । बोयलर मुल्य बढेसँगै पेरेन्टमा बढ्ने गरेको छ । भने लेस कुखुराको मासुमा भने मुल्य वृद्धि भएको छैन ।

कुखुरा व्यवसायीले घाटा व्यहोरी रहेको समयमा कुखुराको अभाव र मासु उत्पादन कम भएको कारण कुखुराको मुल्य बढेको जानकारी नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका निवर्तमान अध्यक्ष श्रीराम लाल भुसालले दिएका छन् ।

नेपालमै पनि बट्मासको मुल्य बढेको र बाहिरबाट आउने दानाको मुल्यमा पनि अप्रत्यासित मुल्य बढेको कारण कुखुराको मासुको मुल्य पनि बढ्न गएको हो । यसका साथै, वर्तमान परिस्थितिमा वातावरणिय प्रतिकुलताले पनि कुखुरामा रोग देखिएको छ । रोगकै कारण अस्वभाविक रुपमा कुखुराको मृत्युदर बढेको पनि उनले बताए ।