भारतमा आजपनि १ लाख संक्रमित, दिल्लीमा कर्फ्यु लगाउने तयारी

Newslaya Home

भारतमा आजपनि १ लाख संक्रमित, दिल्लीमा कर्फ्यु लगाउने तयारी

मङ्गलबार २४, चैत २०७७

दिल्ली । कोरोनाभाइरस संक्रमण बढेपछि भारतको राजधानी दिल्लीमा सरकारले रात्रीकालिन कर्फ्यु लगाउने तयारी गरेको छ । कोरोना लगातार बढिरहेको हुनाले सरकारले मानिसहरुलाई सतर्कता अपनाउन अपिल गरिरहेको छ ।

केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनु्सार भारतमा पछिल्लो २४ घण्टामा ९६,९ सय ८२ नयाँ संक्रमित थपिएका छन् । डिस्चार्ज हुनेको संख्या ५०,१४३ रहेको छ भने ४ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

भारतको आर्थिक राजधानी मुम्बईमा समेत सोमबारदेखि रात्रीकालिन कर्फ्यु लगाइएको छ । मुम्बइमा सिनेमा घर र भीडभाड हुने व्यापारिक स्थानहरु बन्द गरिएको छ ।