इलाममा जलेर एक महिलाको मृत्यु

Newslaya Home

इलाममा जलेर एक महिलाको मृत्यु

मङ्गलबार २४, चैत २०७७

इलाम । इलाममा आगोले जलेर एक महिलाको मृत्यु भएको छ ।

रोङ गाउँपालिका–३ मार्से कि ४८ वर्षीया मनमाया राईको आगोले जलेर मृत्यु भएको हो। सोमबार बिहान भान्सा कोठामा चिया लिन जाँदा राई चुलोमा सल्किएकी थिइन्।

गाईको खोले पकाउने चुलोमा उनले लगाएको कपडामा आगो सल्किएको प्रहरीले जनाएको छ। शरीरका विभिन्न भाग जलेर घाइते भएकी उनलाई विर्तासिटी अस्पताल विर्तामोड झापा लगिएको थियो।

सो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।