२०७७ चैत्र २४ गते मंगलबारको राशिफल

Newslaya Home

२०७७ चैत्र २४ गते मंगलबारको राशिफल

मङ्गलबार २४, चैत २०७७

मेष । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ ।

वृष । आज विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ ।

मिथुन । बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

कर्कट । आज सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

सिंह । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या । आज दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका वैदेशिक कार्य अघी बढ्नेछ । शेयरमार्केटमा पनि सफलता मिल्नेछ ।

तुला । आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

वृश्चिक । आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट पनि लाभलिन सकिनेछ ।

धनु । आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्छ ।

मकर । आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

कुम्भ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।

मीन । आज धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । विद्यामा पनि सफलता मिल्नेछ ।

1 प्रतिकृयाहरू प्राप्त
  • om kumry tamangलेख्नुहुन्छ
  • |
  • बुधबार २५, चैत २०७७
2058/2/20