अक्षय कुमार अस्पताल भर्ना

Newslaya Home

अक्षय कुमार अस्पताल भर्ना

सोमबार २३, चैत २०७७

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन् । उनी सोमवार अस्पताल भर्ना भएको ट्वीटमार्फत् जनाकारी दिएका हुन् ।

अक्षय पवइको हिरानन्दानी अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अक्षयलाई केही दिन अगाडि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । उनले सामाजिक संजाल इन्स्टाग्राममार्फत आफू कोरोना पोजिटिभ भएको जानकारी दिएका थिए ।

अक्षयलाई चलचित्र ‘राम सेतु’को शुटिङका क्रममा कोरोना संक्रमण देखिएको थियो । सोहि चलचित्रका ४५ जना कलाकारलाई समेत कोरोना पोजिटिभ देखिएपछि दुई साताका लागि यसको छायांकन स्थगित भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।