घट्यो सुनको मूल्य

Newslaya Home

घट्यो सुनको मूल्य

सोमबार २३, चैत २०७७

काठमाण्डौ । सोमबार(आज) सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ । आइतबार तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।