इटहरीको प्लाई उद्योगमा भीषण आगलागी, आगो निभाउन हम्मे

Newslaya Home

इटहरीको प्लाई उद्योगमा भीषण आगलागी, आगो निभाउन हम्मे

सोमबार २३, चैत २०७७

इटहरी । सुनसरीको इटहरी १२ खनारमा रहेको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ ।

सोमबार बिहानैदेखि लागेको आगो नियन्त्रणको प्रयास अझै सफल हुन सकेको छैन । इटहरी देखि दमक सम्मका दमकल तथा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र स्थानीय बासिन्दा खटिएका छन् ।

तर काठमा लागेको आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार आगो निभाउन सक्दो प्रयास भइरहेको छ ।

आगलागीको कारण थाहा हुन सकेको छैन । भित्र सग्लो रहेका प्लाई लाई कर्मचारीहरुले बाहिर निकालिरहेका छन् ।

घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।