बेपत्ता रहेका बिर्तामोडका होटल संचालकको शव जंगलमा भेटियो

झापा । बिर्तामोडस्थित गाउँले होटलका संचालक तिलक निरौला झापाको चारआली जंगलमा मृत फेला परेका छन्।
बिर्तामोड–५ का निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ।
निरौला मोटरसाइकलसहित दुई दिनअघि बेपत्ता भएको बताइएको छ। मे ९ प २२०९ नम्बरको मोटरसाइकलसहित निरौला बेपत्ता भएको सामाजिक सञ्जालमा जानकारी दिइएको थियो ।
शव जंगलभित्र रहेको र हत्या भए नभएको बारेमा प्रहरीको टोली अनुसन्धान गरिरहेको बताइएको छ ।