दुर्गाप्रसादको उपचार विराटनगरमा सुरु

Newslaya Home

दुर्गाप्रसादको उपचार विराटनगरमा सुरु

आइतबार २२, चैत २०७७

मोरङ । भारतको जेलमा ४० वर्ष बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिनाको उपचार विराटनगरमा सुरु भएको छ । प्रदेश नं. १ ले उपचारको जिम्मेवारी लिने निर्णय गरेअनुसार इलामका तिम्सिनाको उपचार आइतबारदेखि विराट मेडिकल कलेजमा सुरु भएको हो ।

प्रदेश सरकारको समन्वयमा अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले तिम्सिनाको उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएका छन् । तिम्सिनाले जिल्ला प्रशासन कार्यालय, इलामबाट हालै नागरिकता लिएका छन् ।

उनलाई लागेको आरोपमाथि बिना सुनुवाइ चार दशकसम्म जेलमा बसेका दुर्गाप्रसादको तर्फबाट क्षतिपूर्ति माग गर्दै भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने परिवारको तयारी छ ।