ला लिगामा रियल म्याड्रिड विजयी

Newslaya Home

ला लिगामा रियल म्याड्रिड विजयी

आइतबार २२, चैत २०७७

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियलले एइबरलाई २–० गोलले पराजित गरेको हो ।

रियलको जितमा मार्को एसेन्सिओ र करिम बेन्जिमाले गोल गरे । जितपछि दोस्रो स्थानको रियलको २९ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिकोको ६६ अंक छ ।

शनिबार राति भएका अन्य खेलमा भिल्लारियलले ग्रानाडालाई ३(० गोलले पराजित गर्‍यो । यस्तै ओसासुना र गेटाफेले गोलरहित बराबरी खेले ।