दिल्ली क्यापिटल्सको कप्तानमा ऋषव पन्त

Newslaya Home

दिल्ली क्यापिटल्सको कप्तानमा ऋषव पन्त

बुधबार १८, चैत २०७७

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सले ऋषव पन्तलाई यस सिजनको कप्तान बनाएको छ ।

आफ्ना नियमित कप्तान श्रेयस अय्यर घाइते भएर आइपिएलको सिजन नै गुमाएपछि दिल्लीले पन्तलाई कप्तान बनाएको हो ।

अय्यर हालै सम्पन्न इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज खेल्नेक्रममा घाइते भएपछि आइपिएलको सिजन नै गुमाएका हुन् ।

योसंगै २३ बर्षिय विकेट किपर ब्याट्सम्यान पन्त आइपिएलका पाँचौ युवा कप्तान बनेका छन् । यस अघि विराट कोहली, स्टिभ स्मिथ सुरेश रैना र श्रेयस अय्यर २२ बर्षमा आइपिएल कप्तान बनेका थिए ।

पन्तलाई दिल्लीले २०१६ मा अक्सन मार्फत १.९ करोड भारतीय रुपैयामा किनेको थियो भने पन्तले २०१८ देखि प्रति सिजन करिब १५ करोडमा दिल्लीमै रहेका छन् ।

आइपिएलको १४औ सिजन अप्रिल ९ देखि शुरु हुँदै छ ।