उपाधि जितेपछि फुटबल टोलीले भन्यो, ‘केपी बा वी लभ यू’

Newslaya Home

उपाधि जितेपछि फुटबल टोलीले भन्यो, ‘केपी बा वी लभ यू’

मङ्गलबार १७, चैत २०७७

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले थ्री नेसन्स कप फुबटल च्याम्पियन बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान स्वरुप ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको थियो । उपाधि समारोहमा सामूहिक तस्विर खिचाउनेक्रममा फुटबल टोलीका खेलाडीले ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए । ओली फाइनल खेलको प्रमुख अतिथिको रुपमा दशरथ रंगशालामा रहेका थिए ।

ओलीले फाइनलको बल हस्तान्तरण गरेका थिए । ओलीले सुरुमै खेलाडीसँग परिचय गरेका थिए । प्रधानमन्त्री ओलीले पुरै फाइनल हेरेका थिए ।

नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए ।

विश्वकप छनोटको खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कपको आयोजना गरेको थियो । लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो । च्याम्पियन बनेसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।