होली खेल्ने क्रममा झडप, दुई जनाको मृत्यु, १० बढी बेपत्ता

Newslaya Home

होली खेल्ने क्रममा झडप, दुई जनाको मृत्यु, १० बढी बेपत्ता

सोमबार १६, चैत २०७७

वाग्लुङ । बागलुङको बडिगाड गाउँपालिका १० बल्देधुरीमा होली खेल्ने क्रममा आइतबार दिउँसो झडप हुँदा दुई जनाको ज्यान गएको छ ।ती मध्ये एकजना नेपाली कांग्रेसका जिल्ला सदस्य छन् ।

दुई मध्ये एक निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य रहेको खुलेको छ।

उनीसँगै निसिखोला गाउँपालिका-७ कै ३४ वर्षीय दीपक दमाईको पनि शव भेटिएको छ ।

गुल्मी, बागलुङ र प्युठानका सयौं युवाहरु भेला भएर होली खेल्ने क्रममा झडप भएको थियो। अझै १० भन्दा बढी युवाहरु हराइरहेको प्रहरीले जनाएको छ। उनीहरू भीरबाट खसेको हुनसक्ने बताइएको छ ।

स्थानीयवासीका अनुसार होली खेल्ने क्रममा गाईभैँसी चराउने भीरमा करिब १० देखि १५ युवालाई धकेलिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको र बेपत्ताको खोजी सोमबार बिहानैबाट सुरु गर्ने प्रहरीले बताएको छ ।

फोटो: फरकधार