म्यानमारमा नरसंहार पछि सैनिक कमाण्डरहरुको भव्य पाटी !

Newslaya Home

म्यानमारमा नरसंहार पछि सैनिक कमाण्डरहरुको भव्य पाटी !

सोमबार १६, चैत २०७७

काठमाडौं । शनिबार म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि हिंस्रक दमन गरेर ११४ जना प्रदर्शनकारीको हत्या गरेको छ ।

सशस्त्र बल दिवस मनाइरहेको सेनाले प्रदर्शनकारीमाथि हिंस्रक दमन गरेको थियो । उक्त हिंस्रक दमनको विश्वव्यापी रुपमा कडा आलोचना भएपनी बेलुका म्यानमारका सैनिक जनरलहरू भव्य पार्टी गरेका छन् ।

बीबीसीका अनुसार सशस्त्र बल दिवसका दिन भएको उक्त नरसंहारको बेवास्ता गर्दै म्यानमारका सैनिक कमाण्डरहरु बेलुका भव्य पाटीमा रमाइरहेको तस्बिरमा देख्न सकिन्छ ।

आइतबार पनि सेनाले एक मृतकको अन्तिम संस्कारमा सहभागी भएकाहरूमाथि गोली चलाएको छ । उक्त गोली काण्डमा कति जना हताहत भए भन्ने खबर बाहिर आइसकेको छैन ।

म्यानमारमा फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेयता भएका झडपमा परेर ४ सय बढी प्रदर्शनकारीहरूको मृत्यु भैसकेको छ । सेनाले सत्ता कब्जा गरेलगत्तै प्रजातन्त्रवादी नेतृ आङ सान सुकी लगायतलाई नजरबन्दमा राखेको छ ।