होली खेलिसकेपछि छालामा हुने समस्याबाट यसरी जोगिनुहोस्

Newslaya Home

होली खेलिसकेपछि छालामा हुने समस्याबाट यसरी जोगिनुहोस्

आइतबार १५, चैत २०७७

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिवारभित्रै होली खेल्न आग्रह गरेको छ। तर पनि काठमाडौं उपत्यका लगायत विभिन्न शहरहरुमा होली पर्व धुमधामका साथ मनाइएको छ।

होली खेल्दा प्रयोग गरेको विभिन्न किसिमका रंग र इनामेलका कारण अनुहारको वास्तविक चमक उड्छ।

अनुहारको छाला निकै संवेदनशील हुन्छ। यस्तै होलीमा प्रयोग गरिएको गुणस्तरहीन रंगमा विभिन्न किसिमको केमिकलहरु मिलाइएको हुन्छ। जसले शरीरको छाला तथा अनुहारमा समस्या आउन सक्छ।

त्यसैले होली खेलेपछि छालाको हेरचाह यसरी गरौंः
– रंग तथा इनामेल लगाएको छ भने घाममा धेरै समय बस्नु हुँदै।
– होली खेलिसकेपछि साबुनपानीले राम्रोसँग धुनुपर्छ।
– अनुहारमा रंग तथा इनामेल धेरै समय नराख्ने।
– रंग मेट्दा कपडा वा कुनै वस्तुले रगड्नु हुँदैन।
– रंग नमेटिएमा मोस्चराइजर क्रिमको सहायताले विस्तारै मेट्न सकिन्छ।
– रंगका कारण छाला पोल्ने समस्या देखिएमा मोस्चराइजर क्रिम लगाउनुपर्छ।
– रंगका कारण एलर्जी हुने, छाला रातो हुने पोल्ने फोका आउँने समस्या देखिएमा छालारोग विशेषज्ञ चिकित्सकको परार्मशमा औषधि उपचार गर्नुपर्छ।