प्रदेश नं १ का नवनियुक्त अर्थमन्त्रीले चार लाख सापटी नतिरेको आरोप

इटहरी । प्रदेश नं १ का नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङमाथि सापटी नतिरेको आरोप लागेको छ ।
विभिन्न व्यक्तिहरुले उनीमाथि यस्तो आरोप लगाएका हुन् । सोही क्रममा एक जना व्यक्तिले त सामाजिक सञ्जालमा नै लेखेका छन् ।
आङबुहाङले आफ्नो ४ लाख रुपैयाँ दुई महिनाका लागि सापटी भनी लगेको तर हालसम्म नतिरेको धरानका जिपि आचार्यले आरोप लगाएका छन् ।
आङबुहाङले अहिले आफ्नो फोन पनि नउठाउने र म्यासेजको समेत रिप्लाई नगरेर आफू पीडित भएको आशय व्यक्त गरेका छन् ।
सावित्रा चौंलागाईले समेत मन्त्री आङबुहाङले आफ्नो समेत पैसा खाएको उल्लेख गरेकी छिन् ।
१ महिनाको लागि सापटी भनेर आङबुहाङले लगेको पैसा उठाउन १ बर्ष लागेको र आफुले ऋण काढेर दिएको पैसाको ४८ हजार ब्याज मन्त्रीले नतिरेको उल्लेख गरेकी छिन् ।