नेपाल दक्षिण एसियाकै सबैभन्दा खुसी देश

Newslaya Home

नेपाल दक्षिण एसियाकै सबैभन्दा खुसी देश

शनिबार ०७, चैत २०७७

काठमाडौं । कोरोनाभाइरस महामारीले मानिसहरुको कामकाज, दैनिकी, व्यवसाय, रोजगारी, शिक्षा लगायतमा गम्भीर नकारात्मक प्रभाव पारे पनि त्यसले नेपालीहरुलाई खुसी हुनबाट भने रोक्न सकेन । त्यसैले पछिल्लो १ वर्षमा नेपालीहरु अघिल्लो वर्षभन्दा झन् बढी खुसी रहेको पाइयो ।

विश्वभरीका देशहरुको खुसीको परिमाण मापन गर्ने ‘वर्ल्ड ह्यापीनेस रिपोर्ट’ले नेपालीहरु अघिल्लो वर्षभन्दा झन बढी खुसी भएको देखिएको छ ।

रिपोर्टका अनुसार नेपाल यो रिपोर्टमा दक्षिण एसियाली देशहरुमध्ये शीर्ष स्थानमा छ । विश्वव्यापी बरियतामा नेपाल ८७ औं स्थानमा छ र नेपालको अंक ५.२६९ छ । यो अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो वर्ष नेपाल ९२ औं स्थानमा थियो र त्यस वर्ष नेपालको अंक ५.१३७ थियो ।

यद्यपि छिमेकी देश चीनको प्रगति भने नेपालको भन्दा बढी छ । अघिल्लो वर्ष चीन नेपालभन्दा पछाडि ९४ औं स्थानमा थियो र उसको अंक ५.१२४ थियो । अहिले भने चीन नेपाललाई उछिन्दै ५.३३९ अंकका साथ ८४ औं स्थानमा आएको छ ।