कविता

Newslaya Home

कविता

संजय रौनियार
बिहीबार ०५, चैत २०७७

आमा

आमा हो मातृभुमि, आमा हो जगतजननी
आमाको न्यानो माया नपाए, हामी यस
सृष्टिमा आउँने थिईनौ होला।

आमा उनि हुन् जसले आफ्नो गर्भमा नौ
महिना सम्म सञ्चित गरेर हामीलाई यस
सृष्टिमा अवतरण गराईन।

आफु नखाए पनि हामीलाई खुवाईन्
दुःख, कष्ट जति सुकै आइपरे पनि आफु
सहेर हामीलाई हुर्काईन्।

आमा हुन् हाम्रो गुरू, आमा हुन् जगतजननी ,उहाँकै औंला समाएर हामी
पहिलो पाईला अगाडी चालयोम्।
उहाँकै आदर्श सैदान्तिक बाटोमा हिँडेर
आज हामी ठुला मान्छे भयौ।

सायद् उनको माया, स्नेह र मातृत्व नपाएको भए हामी बराली हिड्थ्यौ।
त्यसैले हे छोरा, छोरी हौं नगर हेला
आमालाई,नगर अपमान ऊनको भावनालाइ।

उनको चरणमा छन् सारा ब्रहाण्ड
आशीष उनकै पाएर हामी विद्वान बन्यौम्।
आज यस वेला उहाँहरूलाई हाम्रो माया,
स्नेह, अपनत्व र प्रेम चाहिन्छ।
नगर हेला आमालाई नगर आघात उनको संस्कारलाई... ।।