पथरीशनिश्चरेमा आयोजित नारी दिवसको कार्यक्रम तनावग्रस्त

Newslaya Home

पथरीशनिश्चरेमा आयोजित नारी दिवसको कार्यक्रम तनावग्रस्त

मङ्गलबार २५, फागुन २०७७

पथरी । १११ औँ नारी दिवसका अवसरमा सोमबार मोरङको पथरीशनिश्चरेमा आयोजित कार्यक्रमस्थल तनावग्रस्त बनेको थियो ।

गत पुस १४ गते नेकपाका नेता युवराज बास्कोटाका घरमा मृत अवस्थामा भेटिएका पथरीशनिश्चरे–नं १० का १९ वर्षीय सञ्जीव भण्डारीकी आमा राधिका भण्डारीले आफ्ना गुनासाहरू राख्ने क्रम देखिनै असामान्य बनेको कार्यक्रम स्थलमा नेता बास्कोटा प्रवेश गर्नासाथ तनावग्रस्त बनेको थियो ।

नेता बास्कोटा कार्यक्रम स्थल प्रवेश गर्नासाथ हत्यारा भन्दै मृतक भण्डारीकी आमा राधिका भण्डारीसहित उपस्थित महिलाहरूले नेता बास्कोटामाथि कुर्सी प्रहार गरेका थिए । आक्रोशित स्थानीय महिलाहरू बास्कोटामाथि जाइलाग्न थालेपछि प्रहरीले कार्यक्रम स्थल पुगेर बास्कोटालाई कार्यक्रम स्थलबाट निकालेका थिए ।

बास्कोटालाई निकाल्ने क्रममा समेत महिलाहरूले उनी माथि जुत्ता प्रहार गरेका थिए ।