आफ्ना चार सन्तानसहित आमाले कर्णालीमा हाम फालिन्

Newslaya Home

आफ्ना चार सन्तानसहित आमाले कर्णालीमा हाम फालिन्

मङ्गलबार २५, फागुन २०७७

काठमाडौं । आठबिस नगरपालिका–३ निमाईलका एकै परिवारका पाँच जनाले कर्णालीमा फाल हालेका छन् ।

चार सन्तानसहित आमाले सोमबार कर्णाली नदीमा फाल हानेकामध्ये दुईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सिरता बडुवालको शव अछाम पञ्चदेववल विनायक नगरपालिका–४ कर्णली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएका हुन् ।

३५ वर्षीया आमा सुकु बडुवाल, ८ वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भेटिएको छैन । प्रहरीले आज (मंगलबार) गोताखोर टोलीबाट शव खोजतलास गर्ने छ ।

बेपत्ता सुकुका श्रीमान् मानसिंह बडुवाललाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।

सोमबार बिहान घरबाट हिँडेका पाँच परिवार माइतमा नभेटिएपछि आफन्तबाट खोजतलास भएको आठबिस नगरपालिकाका उपप्रमुख दिपा बोहेराले बताइन् ।

श्रीमान्ले दिनहुँ मदिारा सेवन गरेर झगडा गर्ने भएपछि आजित भएर नदीमा हाम फालेका हुन सक्छन्, उनले भनिन् नदीमै दुई शव भेटिनुले पनि हाम फालेको हुनसक्ने आँकलन गर्न सकिन्छ ।

मदिराकै कारण घरेलु हिंसा सहन नसकेर आमासहित चार सन्तान फाल हाल्न बाध्य भएको हुन सक्ने अनुमान गरिएको छ ।