धनकुटामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

Newslaya Home

धनकुटामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

मङ्गलबार २५, फागुन २०७७

धनकुटा । धनकुटा सहिदभूमी गाउँपालिका–७ चाम्चाका ५० वर्षीया मन कुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

सोमबार बिहान ११ बजे सोही स्थानमा ना ५ त १९७१ नम्बरको ट्रयाक्टरले पैदलयात्री राईलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक सोही स्थानका हरि बहादुर राई फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।