विवाह गर्छु भन्दै प्रभोलनमा पारी किशोरीलाई पटक–पटक बलात्कार गर्ने व्यक्ति पक्राउ

Newslaya Home

विवाह गर्छु भन्दै प्रभोलनमा पारी किशोरीलाई पटक–पटक बलात्कार गर्ने व्यक्ति पक्राउ

मङ्गलबार २५, फागुन २०७७

भक्तपुर । गत फागुन ११ देखि १४ गतेसम्म मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर एक १७ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरी रहेका छन् ।

पीडित उदयपुर गाईघाटकी किशोरीलाई विभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याई जबर्जस्ती करणी गरेको पीडित किशोरीले गत शुक्रवार जाहेरी दिएपछि प्रहरीले चौधरीलाई कौशलटारस्थित कोठाबाटै पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले सोमबार भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारवाही अगाडि बढाएको छ ।