यस्तो छ आजको मौसम पूर्वानुमान

Newslaya Home

यस्तो छ आजको मौसम पूर्वानुमान

मङ्गलबार २५, फागुन २०७७

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।

हाल पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो गण्डकी, वागमती र प्रदेश १ का पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

अपरान्ह पश्चात गण्डकी, वागमती र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राती देशका पहाडी भूभागहरुमा आंशिक बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भूभागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।