धरानमा पाँच वर्ष पुरा भएका कर्मचारीको बढुवा हुने

Newslaya Home

धरानमा पाँच वर्ष पुरा भएका कर्मचारीको बढुवा हुने

शनिबार २२, फागुन २०७७

धरान । २ वटा नयाँ विधेयक पारित गर्नुका साथै विभिन्न निर्णय गर्दै धरान उपमहानगरपालिकाको आठौँ नगर सभा ण्शुक्रवार सम्पन्न भएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घको हलमा भएको सभामा प्रस्तुत भएको सङ्घसंस्था दर्ता सम्बन्धी विधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित भएको हो ।

यसै गरी स्थानीय निकायका कर्मचारीहरूको समायोजन संशोधन गर्ने पनि निर्णय गरेको छ । जस अनुसार यो संशोधन कार्यान्वयन हुँदा कार्य अवधि ५ वर्ष पुरा भएका र योग्यता भएकाहरूलाई एक तह बढुवा हुनेछन् ।