प्रदेश २ का राज्यमन्त्रीमाथि कुर्सी प्रहार

Newslaya Home

प्रदेश २ का राज्यमन्त्रीमाथि कुर्सी प्रहार

शनिबार २२, फागुन २०७७

जनकपुरधाम । जिल्ला सहकारी संघ धनुषाको साधारण सभामा प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवमाथि कुर्सी प्रहार गरिेएको छ।

शुक्रवार आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका उनले मन्ँतव्य दिइरहेको बेलामा सहकारीका असन्तुष्ट पक्षले कार्यक्रमको विरोध गर्दै कुर्सी प्रहार गरेका हुन् ।

घरभाडा, अनुदान वापत आएको रकम, जगेडामा रहेको रकम र जग्गा विक्रीबाट आएको लगायतका रकमको हरहिसाब र चल अचल सम्पति सार्वजनिक गर्न माग गर्दै रामबाबु यादवको समूहले कुर्सी प्रहार गरेका हुन् ।

हरहिसाब सार्वजनिक भए मात्र साधारण सभा हुने राज्यमन्त्रीले प्रतिबद्धता जनाएका थिए । तर बिहान आफुहरुलाई झुक्याएर गोप्य रुपमा कार्यक्रम गर्न लाग्दा थाहा पाएपछि रोक्न खोज्दा नमानेपछि कुर्सी फ्याकेर विरोध जनाउंदै कार्यक्रम भांडेको बताए ।

घटना पश्चात राज्यमन्त्री यादवलाई कडा सुरक्षाका बीच कार्यक्रमबाट बाहिर निकालिएको थियो । सहकारी संघमा गत २४ वर्षदेखि एउटै व्यक्ति हरिन्द्र हरियौत अध्यक्ष रहेको र त्यसले हरहिसाब हालसम्म नगरेको कारण संघमा विवाद छ । गतवर्ष फागुन २३ गते सर्वसम्मतले रामबाबु यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो ।