इलामको माई नगरपालिकामा भोलि बिदा

Newslaya Home

इलामको माई नगरपालिकामा भोलि बिदा

बिहीबार २०, फागुन २०७७

झापा । इलामको माई नगरपालिकाले फागुन २१ गते स्थानीय बिदा दिएको छ।

माई नगरपालिका ४ सुखानीमा वि.सं २०२९ गते झापाबाट इलाम जेल सार्ने क्रममा सहादत प्राप्त शहिदहरूको स्मृतिमा बिदा दिने निर्णय गरेको मेयर दीपक कुमार थेबेले जानकारी दिए।

तत्कालीन पञ्चायती शासकहरूले हत्या गरेका रामनाथ दहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नेत्र घिमिरे र नारायण श्रेष्ठको हत्या गरेका थिए। हरेक वर्ष फागुन २१ म शहिदको सम्झनामा सुखानीमा वृहत् कार्यक्रम गर्ने गरिएको छ।

यसैबीच सुखानी शहिदको सम्झनामा राष्ट्रिय युवा संघ नेपाल माई नगर कमिटीले फागुन २१ गतेदेखि फागुन २९ गतेसम्म वडा स्तरीय पुरूष र महिला फुटबलको आयोजना गर्न लागेको अध्यक्ष कुमार लिम्बू जानकारी दिए।