३ महिने छोराको हत्या अभियोगमा बुबा पक्राउ

Newslaya Home

३ महिने छोराको हत्या अभियोगमा बुबा पक्राउ

मङ्गलबार १८, फागुन २०७७

बैतडी । प्रहरीले आफ्नै ३ महिने छोराको हत्या गरेको आरोपमा बुबालाई पक्राउ गरेको छ । ३ महिने छोरो लक्ष्मण चन्दको हत्या गरेको आरोपमा पञ्चेश्वर गाउँपालिका–५ खनाडी बस्ने ४० वर्षीय राज बहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राज बहादुरले आफ्नै घरमा छोरालाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको र उनका बुबा ७० वर्षीय मन्धिर चन्दलाई समेत कुटपिट गरी घाइते बनाएका थिए ।

जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरी चौकी बलाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।