कोसी नदीमा बगिरहेका एक व्यक्तिको सकुशल उद्धार

Newslaya Home

कोसी नदीमा बगिरहेका एक व्यक्तिको सकुशल उद्धार

मङ्गलबार १८, फागुन २०७७

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ सिसौली घाटस्थित कोसी नदीमा बगिरहेका एक व्यक्तिलाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

मोरङको कानेपोखरी गाँउपालिका–४ बस्ने ४० वर्षीय दुर्गा माझीलाई एपीएफ टोलीले मंगलबार सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित खटिएको टोलीले उनको तत्कालै उद्धार गरेको हो ।

कोसी पूजाको लागि कोसी नदीमा पौडिएर सो घाटमा जाने क्रममा उनलाई नदीले बगाएको थियो ।

ड्यूटीमा परिचालित एपीएफ टोलीले उनलाई बगेको देख्नेवित्तिकै घाट भन्दा करीब पाँच सय मिटर तलबाट उनको सकुशल उद्धार गर्न सफल भएको हो ।